Blog entries categorized under Dashain

Dashain

Subscribe to this category 4 posts in this category

Armbänder

by pcheaprings
pcheaprings
pcheaprings has not set their biography yet
User is currently offline
on Friday, 29 March 2013
Dashain 0 Comments Points Earned: 20
[b][url=http://www.anytiffany.com/de/schmuck-armb%C3%A4nder-c-46_58.html]Armbänder[/url][/b] | [b][url=http://www.anytiffany.com/de/schmuck-c-46.html]Schmuck[/url][/b] | [b][url=http://www.anytiffany.com/de/schmuck-c-46.html]Tiffany Schmuck[/url][/b] | [b][url=http://www.anytiffany.com/de/schmuck-c-46.html]Tiffany Schmuck[/url][/b] | [b][url=http://www.anytiffany.com/de/schmuck-c-46.html]Tiffany Schmuck Verkauf[/url][/b] [b][url=http://www.anytiffany.com/de/schmuck-armb%C3%A4nder-c-46_58.html]Günstige Tiffany Armbänder[/url][/b] [b]Discount Tiffany Armbänder[/b] [b][url=http://www.anytiffany.com/de/schmuck-broschen-c-46_57.html]Broschen[/url][/b] [b][url=http://www.anytiffany.com/de/schmuck-broschen-c-46_57.html]Discount Tiffany Broschen[/url][/b] [b][url=http://www.anytiffany.com/de/schmuck-broschen-c-46_57.html]Kaufen Tiffany Broschen[/url][/b] Armbänder | Schmuck | Tiffany Schmuck | Tiffany Schmuck | Tiffany Schmuck Verkauf
Günstige Tiffany Armbänder
Discount Tiffany Armbänder
Broschen
Discount Tiffany Broschen
Kaufen Tiffany Broschen
Armbänder | Schmuck | Tiffany Schmuck | Tiffany Schmuck | Tiffany Schmuck Verkauf
Tags: Armbänder
0 votes

न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Monday, 03 October 2011
Dashain 0 Comments Points Earned: 153

छोङ्बा शेर्पा, केशबराम राई, डा. बिनोद शाह, सरोज श्रेष्ठ र प्रदीप थापा सम्मानित
Exclusive: 1 video, 26 photos:
न्यू योर्क- रिज्वूड नेपालीज सोसाइटीद्वारा बडा दशैं साँझ तथा दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणार्थ फण्डरेजिङ कार्यक्रम सम्पन्न गरियो । उक्त अबसरमा सोसाइटीद्वारा शेर्पा किदुग युएसए अध्यक्ष छोङ्बा शेर्पालाई 'आउट स्टान्डिङ फ्रेन्डशीप अवार्ड', समाजसेवी तथा ब्याबसायी केशबराम राईलाई 'आउट स्टान्डिङ कम्युनिटी सर्भिस अवार्ड', एसोसिएसन अफ नेपालीज तराइयन इन अमेरिका (एन्टा) अध्यक्ष डा. बिनोद शाहलाई 'आउटस्टान्डिङ लिडरशीप अवार्ड', ब्याबसायी सरोज श्रेष्ठलाई 'आउटस्टान्डिङ कम्युनिटी सर्भिस अवार्ड' र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापालाई 'आउटस्टान्डिङ प्रेसिडेन्सियल अवार्ड' द्वारा सम्मान गरिएको छ।


 

The honorees, guests and the organizers at the Dashain celebration in Ridgewood, New York on October 2, 2011. Photos: Ang Kami Sherpa (PhotoHera.com)

आईतवार बेलुकी न्यू योर्कको रिज्वूड शहरमा आयोजना गरिएको उक्त दशैं साँझ कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, मिस नेपाल युएसए २०११ बिजेता सुजिता बस्नेत र सोसाइटीका अध्यक्ष श्री पराजुलीले कदर पदक र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

United Sherpa Association USA President Chhongba Sherpa receiving Outstanding Friendship Award from Ambassador Gyanchandra Acharya on behalf of Ridgewood Nepalese Society. Photos: Ashok Panta.

Social Activist and businessman Keshabram Rai and Association of Nepalese Teraian in America (ANTA) President Dr. Binod Shah. Photos: Ashok Panta.

Pashupati Inc. Prop. Saroj Shrestha and USNepalOnline.com Editor-in-Chief Pradeep Thapa. Photos: Ashok Panta.

सम्मानितहरुको परिचय अमित शाहले गराएका थिए भने सम्मानित नेपालीहरुले मतब्य ब्यक्त गर्दै सोसाइटीद्वारा गरिएको सम्मानकोलागि आयोजकहरुलाई धन्यवाद दिदै सम्मानले समाज सेवामा लाग्न अरु प्रेरणा मिलेको बताएका थिए।

Artists performing Nepalese Anthem.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Dashain celebration in Ridgewood, New York, October 2, 2011


Kripali Gautam performing Nepali dance.


नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गर्ने चाँजोपाँजो

उक्त साँझ कार्यक्रममा आयोजकहरुले १ हजारभन्दाबेशी नेपालीहरु बसोबास गर्ने रिज्वूड शहरमा निर्माण गर्न लागेको दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवनबारे जानकारी गराएका थिए।

अमेरिका नेपाली गाउँ भनेर चिनिने रिज्वूड शहरमा झन्डै १२ सय नेपाली बसोबास रहेको छ। 

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिन लागेको जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि उक्त जग्गामा पुग्न सकिन्छ।

This 5000 SFT vacant land located at  1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com


उक्त जग्गा ५ हजार स्क्वायर फिट र जग्गाको मूल्य ४ लाख १९ हजार डलर पर्ने र ५० हजार डलर बैना स्वरुप जग्गा धनीलाई दिइसकिएको आयोजकहरुले जानकारी गराए।


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको थियो।

Ridgewood Nepalese Society president Shree Parajuli. Photo: eEyeCam.com

बडा दशैं साँझ तथा दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणार्थ फण्डरेजिङ कार्यक्रम

सोसाइटीद्वारा यो बर्ष मनाइएको दशैं कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमकासाथै दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणकालागि फण्डरेजिङ कार्यक्रमको आयोजना गरियो। कार्यक्रमबाट ५ हजार डलरभन्दाबेशी आर्थिक संकलन गरियो।

कार्यक्रममा कृपाली गौतम, प्रिया शाही, स्वामिनी घिमिरे, श्रीराम शाह, प्रिया कोइराला, श्रिया तुलाधर, पूजाता राजभण्डारी, निकी, त्रियुक्ता घिमिरे, धरमवीर लामा, सम्झना कार्की र सुजिता बस्नेतको न्रित्य रहेको थियो भने गायनतर्फ तिलक श्रेष्ठ, गीता बुर्लाकोटी, सुनिल बुढाथोकीको प्रस्तुती रहेको थियो।

कार्यक्रमको सन्चालन तिलक श्रेष्ठ र दीपकराज काफ्लेले गरेका थिए।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

 

Miss Nepal USA 2011 Sujita Basnet.

न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित
More photos of Dashain celebration in Ridgewood
All Pages


Read related news about Ridgewood Nepalese Society:

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न            
नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

 

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-About Ridgewood Nepalese Society

Tags: Untagged
0 votes

बोस्टनमा बडा दशैं कार्यक्रम सम्पन्न, जिबिएन्सी (GBNC) को नयाँ कार्य समिती निर्बाचित

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Monday, 03 October 2011
Dashain 0 Comments Points Earned: 239

Special: 6 photos: बोस्टन- ग्रेटर बोस्टन नेपालीज कम्युनिटी (GBNC) को आयोजनामा बडा दशैं पर्ब मनाइनुकासाथै कम्युनिटीको नयाँ कार्य समितीको घोषणा गरिएको छ। 

Newly elected executive committee of Greater Boston Nepalese Community (GBNC). Photos: eEyeCam.com

सोमबार बेलुकी आयोजित उक्त दशैं कार्यक्रममा निर्वाचन अयुक्त डा. उशा शर्माले लीलाबहादुर राउतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती सर्बसम्मतीबाट चयन गरिएको जानकारी गराइन्।

कार्य समितिका नब निर्बाचित पदाधिकारी तथा सदस्यहरु निम्नानुसार छन्- अध्यक्ष लीलाबहादुर राउत, उपाध्यक्ष मिलन गुरुङ, महासचिब राम थापा, सचिब बिष्णुमणी आचार्य, कोशाध्यक्ष देबी ओली, सह-कोशाध्यक्ष अर्जुन कुवर, मिडिया डाइरेक्टर भक्त गुरुङ छन्।

Newly elected president of GBNC, Lilabahadur Raut Photos: eEyeCam.com

त्यसैगरी, सदस्यहरुमा बिरोचन नेपाल, रविन लामा, सुनिल नेपाली, किरण खड्का, पुष्प श्रेष्ठ, जालप्रशाद घिमिरे, सुर्य लम्साल, सुदिप पोख्रेल, अनिल ओर्खाली, यम पौडेल, नबराज कोइराल, आङ दावा शेर्पा र सुरेन गुरुङ छन्।

सल्लाहकार समितीमा डा. उशा शर्मा, अच्युत अधिकारी, धनकुमार गुरुङ, काजी शेर्पा र सुन्दर गुरुङलाई मनोनित गरिएको छ भने पूर्व अध्यक्षहरुको बोर्ड अफ डाइरेक्टर समितीमा निबर्तमान अध्यक्ष ध्रुब घिमिरे र पूर्व अध्यक्षहरु सुर्य थापा, बिनोद ओली, जाङ्बु शेर्पा र प्रेम तामाङ छन्।



उद्घाटन र दशैंको रमझम

नब निर्बाचित कार्य समितीको घोषणा अघी उद्घाटन र बडा दशैंको अबसरमा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

उक्त उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लीलाबहादुर राउतले गरेका थिए भने आर्थिक प्रतिबेदन कोशाध्यक्ष बिष्णुमणी आचार्यले पेश गरेका थिए।

अध्यक्ष ध्रुब घिमिरेले संस्थाको वार्षिक गतिबिधीबारे प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए।

Outgoing president Dhruba Ghimire (2nd from left) with his wife Radhika Ghimire (3rd from left), Dr. Usha Sharma and GBNC VP Milan Gurung. Photos: eEyeCam.com

कार्यक्रमको सन्चालन महासचिब मिलन गुरुङ र तरशा उपाध्यायले गरेका थिए।

बिबिध सांस्कृतिक कार्यक्रममा ओस्मा, शिवानी, शोफिया, क्रिशा, सानीया, प्रेरणा कार्की, चरण प्रधान, ओसिन, दिपा, कृपा, सिम्रन, बिभुती कोइराला, शुश्मा, उमा, शुक्रिती खनाल, श्वेता, अल्पा, तेनिङ, अमृता र आयुशा थिए।

Dohori song being performed at Dashain program in Boston on October 3, 2011. Photos: eEyeCam.com

गायनतर्फ धनकुमार गुरुङ, तिलक श्रेष्ठ, शान्ती भण्डारी, श्याम गुरुङ, ललितशंकर योगी, महेश्वर पन्त र बाशु थापाको रहेको थियो।

कार्यक्रमको आकर्शण रहेको दोहोरी गीतमा मिन केसी, शान्ती भण्डारी, टङ्क लम्साल, श्याम गुरुङ, अच्युत अधिकारी, तिलक श्रेष्ठ, राजकपुर, प्रबिण परियार, रन्जन बुढाथोकी, सुन्दर गुरुङ आदिको प्रस्तुती रहेको थियो। संयोजन धनकुमार गुरुङले गरेका थिए।

 

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

 

 

Read related news:

-बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न

-ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) को नयाँ कार्य समिति गठन

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र?महिला | NRNदलित | न्यू योर्क नेपाली+USAप्रबास | आदिवासीसाहित्य

Not enough of reading us? Visit our multi-media channels:

Tags: Untagged
0 votes

न्यू योर्क कला मन्चद्वारा दशैंको रमाइलो साँझ सम्पन्न, ४ नेपाली सम्मानित

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Sunday, 02 October 2011
Dashain 0 Comments Points Earned: 305

शम्भु मोक्तान, लक्ष्मी श्रेष्ठ, प्रचन्ड देब मल्ल सम्मानित
Exclusive: 1 video, 34 photos:
न्यू योर्क- नेपाली कलाकारहरुको संस्था न्यू योर्क कला मन्चद्वारा बडा दशैंको अबसरमा रमाइलो साँझको आयोजना गरिएको छ। उक्त सांगितिक साँझमा न्यू योर्कमा बिगत ८ बर्ष देखी भिडियोग्राफि गर्दै आएका मोक्तान डिजिटलका शम्भू मोक्तानलाई 'नगरकोटी एचिभ्मेन्ट अवार्ड', सुपरिचित अभिनेत्री एबं न्रित्यङ्गना लक्ष्मी श्रेष्ठलाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड', नेपालमा रहेका लेखक तथा नाट्य निर्देशक प्रचन्ड मल्ललाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड' र न्यू योर्ककि न्रित्यङ्गना रोजी शेर्पालाई 'नोबेल आर्टिस्ट अवार्ड' प्रदान गरिएको छ।

 

The honoees and artists with Chief Guest H.E. Ambassador Gyanchandra Acharya at New York Kala Manch's Dashain Ramailo Saanjh in New York on October 1, 2011. Photos: eEyeCam.com

सम्मानित र सहभागी कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान पत्र प्रदान गर्नु भएको थियो।

The Honorees: Laxmi Shrestha, Roji Sherpa and Shambhu Moktan. Photos: eEyeCam.com

शनिबार बेलुकी न्यू योर्कको कुइन्स उड्साइडस्थित ढाका क्लबमा आयोजना गरिएको उक्त दशैं र्माइलो साँझ मन्चले बिगत १२ बर्षदेखी आयोजना गर्दै आएको साँझको १२ औं वार्षिक कार्यक्रम हो।

Actress Gauri Malla performing Manju Shree dance. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Dashain 2011 celebration by New York Kala Manch, Oct 1, 2011




बिगतमा को को सम्मानित भए?

गत बर्ष मन्चले नेपालका बरिस्ठ संगितकार, गायक तथा नेपाल नाट्य तथा संगित प्रज्ञान प्रतिस्ठानका कुलपति अम्बर गुरुङ, कोलोराडो निवासी गायिका निर्मला श्रेष्ठ र न्यू योर्ककि चिरपरिचित न्रित्यङ्गना बसन्ती राइलाई मन्चद्वारा सम्मान गरेको थियो।

मन्चले यस अघी नेपालका संगितकार तथा अभिनेता प्रेमदेब गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्रा अधिकारी, शान्ती मास्के, संगितकार तथा गायक कमल छेत्री, संगितकार संगितकार स्व. न्हुछेनारायण डङ्गोल, द्वन्द निर्देशक गोपाल भुटानी, अभिनेता पवन मैनाली, अभिनेता जयचन्द सिंह ठाकुर, निर्देसक स्व. दिपक आलोक, निर्देसक भैरबबहादुर थापा, निर्देशक, गायक, अभिनेता हरीप्रशाद रिमाल, गोरखापत्र सम्पादक रामचन्द्र पौडेल, मुना डङ्गोललाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ ।

त्यसै गरी, मन्चद्वारा अमेरिकामा सम्मानित कलाकार र समाजसेवीहरुमा कलाकार ध्रुब वन्त (Baltimore), राम नगरकोटी (VA), फुलबारी क्लब (VA), Dance Theater of Nepal (Sherry Ona Handline), नारायण श्रेष्ठ (CO), गायक तथा संगितकार नरबहादुर (एनबि) दाहाल (NY), गायिका गोमा गुरुङ (NY), गायक संजोग लामा (NY), गायक सानु शेर्पा, नायक सरोज खनाल, कलाकार देबी थापा वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ, बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल, सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ, गायिका देबिका 'बन्दना' प्रधान र गायिका प्रधानका श्रीमान तथा उद्दमी महेशमान सिंह हुनुहुन्छ।

सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, कर्मा जि. शेर्पा, राम नगरकोटी र नरबहादुर दाहाल हुनुहुन्छ।

मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा सुर्यमाला शर्मा खनाल, सुनिल उप्रेती, रोशनप्रताप राना मगर, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ हुनुहुन्छ।

Actor Bikrant Basnet performing comedy act at the event. Photos: eEyeCam.com

दशैँ पर्बको रमाइलो साँझ

यसपालिको दशैँ पर्बको रमाइलो साँझमा नेपालकि बरिस्ठ नायिका गौरी मल्लको मन्जुश्री न्रित्य, लक्ष्मी श्रेष्ठ, श्याम खड्गी र गौरी मल्लको टप्पा लोक न्रित्य, लक्ष्मी श्रेष्ठको परम्परागत शास्त्रीय न्रित्य, बेलायतबाट आएका चराण प्रधानको साँगितिक अभिनय, हाँस्य कलाकार कृष्णमुरारी ढुङ्गेल, लक्ष्मी श्रेष्ठ र नायक बिक्रान्त बस्नेतको 'नेपाली दुताबास' नामक प्रहसन प्रस्तुत गरिएको थियो। न्रित्यतर्फ बसन्त डान्स सेन्टर र झन्कार डान्स सेन्टरका का कोरियोग्राफरहरु क्रमश: बिजयमान नकर्मी र धरमबीर लामाद्वारा निर्देशित कलाकारहरुद्वारा बिबिध न्रित्यहरु पस्किएका थिए। न्रित्य प्रस्तोता कलाकारहरुमा धरमवीर लामा, बसन्ती राई, रोजी शेर्पा, अनुपमा सापकोटा, प्रज्ञा सापकोटालगायतका थिए।

Laxmi Shrestha performing traditional dance. Photos: eEyeCam.com

त्यसैगरी, गायनतर्फ नरबहादुर दाहाल, अन्जना गुरुङ, सानु शेर्पा, कन्हैया सिंह, राजेन्द्र राई, पबिता बाग्चन्द परियार, गोमा गुरुङ, न्हुछे नारायण डङ्गोल, सन्जोक लामा र राम श्रेष्ठको प्रस्तुती रहेको थियो।

न्यू योर्कका कवि तथा वकिल बिनोद रोकाले कविताका रोचक टुक्राटाक्री प्रस्तुत गरेका थिए।

कार्यक्रमको सन्चालन मन्चका संस्थापक तथा नेपाली रंगमन्चका बरिस्ठ कलाकार रामराज छेत्री र रंगमन्चका बरिस्ठ कलाकार शैलेश श्रेष्ठले  गरेका थिए।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Read related news:

-न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन

-न्यू योर्क कला मन्चद्वारा सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ र गायिका प्रधान सम्मानित

-न्यू योर्कमा ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा शोक सभा सम्पन्न

-न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ

Laxmi Shrestha, Gauri Malla and Shyam Khadgi performing Tappa folk dance. Photos: eEyeCam.com

Anupama Sapkota and Pragya Sapkota. Photos: eEyeCam.com

न्यू योर्क कला मन्चद्वारा दशैंको रमाइलो साँझ सम्पन्न, ४ नेपाली सम्मानित
More photos of Dashain celebration 201
All Pages


Tags: Untagged
0 votes
facebook twitter youtube feed