कबिता "अर्गानिक कृषि"
कृषि पेशा दीगो हुन्छ अरु पेशा भन्दा,थोरै टाईम दीए पुग्छ सकी घर धन्दा ।आत्मनिर्भर बन्नलाई जगौं है, हे ... दीर्घकालिन कृषिमा लागौं है ।।
अर्गानिक सागपातले बन्छ स्वास्थ्य राम्रो,सबै खेती हुनुपर्छ अर्गनिकनै हाम्रो ।आत्मनिर्भर बन्नलाई जागौं है, हे ... दीर्घकालिन कृषिमा लागौं है ।।
सिक्यौं हाम्ले IPM मा लेखेर देखेर,थोरै पनि समयलाई नफालेर खेर ।आत्मनिर्भर बन्नलाई जागौं है, हे ... दीर्घकालिन कृषिमा लागौं है ।।
अब प्रयोग गर्नुपर्छ सिकेका ती कुरा,हरियाली बनाउन खेतबारी पुरा ।आत्मनिर्भर बन्नलाई जागौं है, हे ...दीर्घकालिन कृषिमा लागौं है ।।
सुरु गरौं अर्गानिक तरकारी खेती,आफ्नो पौरख आफ्नो स्वास्थ्य आफ्नै हो सम्पत्तिआत्मनिर्भर बन्नलाई जागौं है, हे ...दीर्घकालिन कृषिमा लागौं है ।।
उत्पादन थोरै गरे आफुलाई हुन्छ,उत्पादन धेरै गरे आय आर्जन हुन्छ ।आत्मानिर्भर बन्नलाई जागौं है, हेदीर्घकालिन कृषिमा लागौं है ..
कृषिलाई बनाउँ पेश जीविकोपार्जनको,बल्ल मुहान खुल्ने छहै आयआर्जनको ।आत्मनिर्भर बन्नलाई जागौं है, हे ...दीर्घकालिन कृषिमा लगौं है ।।
एड्वान, इड्वोन, गुण, बिष्णु कlपना दिदी,धन्यवाद सिकाउनुभो नयाँ प्रबिधी ।पुरा गर्न एड्वानको चाहना, हे ....बन्नुपर्छ कृषिमा नमुना ।।
गीतकार : कमल बाबु परियारसंगीतकार : लालुपाते फुल छैन लोक संगीतगायक : गीता परियारअवसर : कृषक भेला, ताक्लुङ-२, कोटगाउँ, गोर्खा (एड्वानद्वार प्रायोजित कार्यक्रममा)







