Viewing entries from USNepalOnline

गैर आवासीय नेपाली संघ (NRNA) को ५ औं विश्व सम्मेलन (5th Global Conference) मा उम्मेद्वारहरुको रोचक भिडन्त हुँदै

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Tuesday, 04 October 2011
NRN Issues 0 Comments Points Earned: 2508

एनआरएन अन्तरराश्ट्रिय अध्यक्षमा हिराचन कि लामिछाने?
अन्तरराश्ट्रिय महासचिबमा पहिलो महिला उम्मेद्वार अमेरिकाकि बिष्णुमाया परियार र जापानका डा. कुमार बस्नेतबिच भिडन्त
उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अमेरिकाका वकिल मुकेश सिंह र क्यानाडाका डा. द्रोण रसाइली
प्रतिस्पर्धी
Exclusive: 2 videos; 13 photos:
न्यू योर्क / काठमाडौं- गैर आवासीय नेपाली संघ (NRNA) अन्तरराश्ट्रिय समन्बय समिती (ICC) को यहीं ओक्टोबर १२-१४ तारिख काठमाडौंमा हुन लागेको ५ औं विश्व सम्मेलन (5th Global Conference) मा अन्तरराश्ट्रिय अध्यक्ष, उपाध्यक्ष र महासचिब पदका उम्मेद्वारहरुबिच निक्कै रोचक भिडन्त हुने देखिएको छ।


हेर्नुहोस् अन्तरराश्ट्रिय महासचिबमा पहिलो महिला उम्मेद्वार अमेरिकाकि बिष्णुमाया परियार र बर्तमान महासचिब तथा उपाध्यक्ष पदका उम्मेद्वार अमेरिकाका ब्याबसायी रतन झासंग युएस नेपाल अनलाइनले लिएको बिशेष भिडियो वार्ता:


NRNA ICC's 1st women General Secretary candidate Social Entrepreneur Bishnu Maya Pariyar & NRNA ICC Vice Presidential candidate Businessman Ratan Jha. Photos: eEyeCam.com

Watch exclusive interview with NRNA ICC's 1st women General Secretary candidate Social Entrepreneur Bishnu Maya Pariyar & Vice Presidential candidate Businessman Ratan Jha:

झन्डै ७ सय प्रतिनिधीहरु (delegates) निर्वाचनमा सहभागी हुने सम्भावना


हरेक २ बर्षमा नेपालमा हुने गैर आवासीय नेपाली संघ अन्तरराश्ट्रिय समितीको विश्व सम्मेलन (global conference) यो बर्ष अक्टोबर १२ देखी १४ काठमाडौंमा हुन गैरहेको छ। उक्त सम्मेलनमा ५६ देशका राष्ट्रिय समितीहरुबाट चुनिएर आएका झन्डै ७ सय प्रतिनिधीहरु (delegates) निर्वाचनमा सहभागी हुने सम्भावना छ। राष्ट्रिय समितीहरुबाट सम्मेलनमा डेलिगेट पठाउने अन्तिम म्याद अक्टोबर ५ तारिख तोकिएको छ।

हरेक दुई बर्षमा नेपालमा हुने विश्व सम्मेलनमा भाग लिने संसारभरका प्रतिनिधीहरु अहिलेसम्म ५ सय ननाघेको अवस्था छ।

कुन देशका प्रतिनिधी कति?

संघको अन्तरराश्ट्रिय बिधानअनुसार हरेक देशका राष्ट्रिय समितीबाट प्रत्येक १० जना साधारण सदस्यबाट एक जना प्रतिनिधी (delegate) पठाउन सकिन्छ। तर एक राष्ट्रिय समितीबाट १०० जनाभन्दा बढी प्रतिनिधी पठाउन बिधानत: निशेध गरिएको छ। प्रतिनिधी बन्न १०० अमेरिकि डलर डेलिगेसन शुल्क तिर्नु पर्दछ भने उम्मेद्वारलाई मत दिन विश्व सम्मेलन स्थल नेपाल मै पुग्नु पुग्नु पर्ने ब्यबस्था छ।

संघको अन्तररश्ट्रिय समितीको केन्द्रिय पदाधिकारी पदहरुमा को कस्को बिच भिडन्त हुँदैछ?

यसपालीको अन्तररश्ट्रिय समितीको केन्द्रिय पदाधिकारी पदहरुकालागि हुने चुनाव निक्कै चाख लाग्दो र कडा भिडन्त हुने देखिएको छ।

अध्यक्ष पदमा को को बिच भिडन्त हुँदैछ?


Devman Hirachan & Jiba Lamichhane. Photos courtesy: NRN.org.np

बर्तमान अध्यक्ष देबमान हिराचन (जापान) ले पुन: आफ्नो अध्यक्ष बन्ने चाहना ब्यक्त गरेका छन् भने उनका हालका डेप्युटी अर्थात उपाध्यक्ष जिबा लामिछाने (रसिया) ले अध्यक्षको दाबेदारी गरेकाछन्।

अध्यक्ष पदका दाबेदार रसियाका ब्याबसायी तथा बर्तमान उपाध्यक्ष जिवा लामिछानेको चुनावी तयारी र लबिङ हेर्दा उनले अध्यक्ष पदमा बिजय हाँसिल गर्ने सम्भावना उत्तिकै छ भने चुनावी पर्यबेक्ष्यकहरुले बर्तमान अध्यक्ष तथा जापानका ब्याबसायी देबमान हिराचनले आफ्नो कार्यकालमा भए गरेका कार्यहरुको लामो सूची नै तयार गरी आफ्नो पक्षमा चुनावी माह्वल तयार गर्ने प्रयास स्वरुप युरोप र एसियाली मुलुकहरुको दौडाहा भर्खरै समाप्त गरेकाछन्।

अध्यक्ष हिराचनको जापान, कोरिया, बेलायत मलेशिया, र खाडी मुलुकमा राम्रो पकड रहेको अनुमान गरिन्छ भने उपाध्यक्ष लामिछानेलाई पूर्व अध्यक्ष तथा हाल संघको प्रमुख संरक्षक डा. उपेन्द्र महतोको पूर्ण आशिर्बाद रहेको बताइन्छ। लामिछानेले बर्तमान महासचिब तथा उपाध्यक्ष पदका उम्मेद्वार अमेरिकाका ब्याबसायी रतन झाको समूहसमर्थन प्राप्त छ।

श्रोतकाअनुसार गत जुलाई २३-२४ मा रसियाको मस्कोमा सम्पन्न छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (6th NRN Regional Conference) मा उपाध्यक्ष जिवा लामिछानेलाई भावी अध्यक्षकोरुपमा उभ्याउने खुब कसरत गरिएको थियो।

गैर आवसीय नेपालीहरु बिच अहिले आगामी निर्वाचनमा सहमती कम भिडन्त ज्यादा हुने चर्चा चल्न थालेको छ। "जिवा र हिरा दुई चिरा" भनेर गाँईगुँई चल्न नै चल्न थालेको छ।

दुई बर्ष अघी यसरी हिराचन सर्बसम्मत अध्यक्ष निर्बाचित भएका थिए

गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा यस अघि जापानका उद्धमी देवमान हिराचन निर्विरोध निर्बाचित भएका थिए।

यसअघि अध्यक्ष पदकालागि हिराचनका अलवा रामप्रताप थापा (जर्मनी) र भीम उदास (अफ्रिकी मुलुक लेसोथो) ले उम्मेदवारी घोषणा गरेका थिए तर लामो प्रयत्नपछि अन्तत: थापा र उदास अध्यक्षको दावी छाड्न सहमत भएका थिए।

जानकारीअनुसार, सात सदस्यीय आन्तरिक कमिटीमा पनि कसलाई उम्मेदवार बनाउने भन्नेमा सर्वसम्मति हुन नसकेपछि मतदान भएको थियो । मतदानमा हिराचनलाई ३, थापालाई पनि ३ र उदासलाई १ मत परेको थियो । त्यसपछि बराबर मत ल्याएका थापा र हिराचनमध्ये कसलाई सर्वसम्मत अध्यक्ष बनाउने भनेर चिठ्ठा हालिएको थियो । चिठ्ठा थापालाई परेको थियो । यो कुरा सार्वजनिक भएपछि सम्मेलनका प्रतिनिधिहरुले आम प्रतिनिधिहरुबीच मतदान नै गर्नुपर्ने माग गरेका थिए।

मतदानमा जाँदा संगठनमा विभाजनको स्थिति सिर्जना हुने भन्दै केही प्रतिनिधिहरुले सर्वसम्मतिकालागि दबाब दिएपछि तत्कालिन अध्यक्ष डा. उपेन्द्र महतोलगायतका अगुवाहरुको प्रयासमा सर्बसम्मतीबाट अध्यक्ष पदमा हिराचनलाई चयन गरिएको थियो।

२ अन्तररश्ट्रिय उपाध्यक्ष पदमा को को बिच भिडन्त हुँदैछ?

संघको २ वटा अन्तररश्ट्रिय उपाध्यक्ष पदमा ६ जना हस्तीहरु उठ्ने चर्चा चलेको छ।


ICC VP candidates: Ratan Jha, Rameshwar Shah, Capt. Hitman Gurung, Tenzi Sherpa, Indra Ban & Dilbahadur Gurung. Photos courtesy: NRN.org.np

हालका अन्तररश्ट्रिय महासचिब रतन झा (अमेरिका) ले अन्तररश्ट्रिय उपाध्यक्ष पदमा दाबी गरेका छन् भने उनलाई चुनौती दिने अन्य दाबेदारहरुमा बर्तमान अन्तररश्ट्रिय कोशाध्यक्ष रामेस्वर शाह (कतार), बर्तमान अन्तररश्ट्रिय सल्लाहकार ईन्द्र बन (अस्ट्रेलिया), बर्तमान अन्तररश्ट्रिय सचिब तेन्जी शेर्पा (साउथ कोरिया), युरोप क्षेत्रिय संयोजक क्याप्टेन हितमान गुरुङ, (बेलायत), एनआरएन जर्मनी अध्यक्ष दिलबहादुर गुरुङ (जर्मनी) छन्।

बर्तमान अन्तररश्ट्रिय कोशाध्यक्ष शाह (कतार) र युरोप क्षेत्रिय संयोजक क्याप्टेन गुरुङ, (बेलायत) लाई बलिया उम्मेद्वारकोरुपमा पर्यबेक्ष्यकहरुले लख काटेकाछन्। तर हालका अन्तररश्ट्रिय महासचिब झा (अमेरिका) को सुझ्बुझ र फराकिलो विश्व संपर्क सन्जाललाई नजर अन्दाज गर्नु सकिन्न।

अन्तररश्ट्रिय महासचिब पदमा को को बिच भिडन्त हुँदैछ?

अन्तरराश्ट्रिय अध्यक्ष पदपछि सबैभन्दा शक्तिशाली पद मानिने महासचिब पदमा उम्मेद्बारी घोषणा गर्नेहरुमा इम्पावोर दलित वोमन अफ नेपाल (EDWON) कि संस्थापक तथा एनआरएन अमेरिका (NRN USA) कि बोर्ड अफ डाइरेक्टर बिष्णुमाया परियार र संघका अन्तरराश्ट्रिय प्रबक्ता डा. कुमार बस्नेत (जापान) छन्।



ICC General Secretary candidates: Bishnu Maya Pariyar & Dr. Kumar Basnet. Photos courtesy: eEyeCam.com, NRN.org.np

पहिलो चोटि महिला उम्मेद्वारले महासचिब पदमा उम्मेद्बारी दिएकाले सहमतीमा चर्चित समाजसेवी बिष्णुमाया परियार सर्बसम्मत निर्बाचित हुने सम्भावनालाई नकार्न सकिन्न। तर आफ्नै देश (जापान) का बर्तमान अध्यक्ष देबमान हिराचनलाई नयाँ पुस्तालाई काम गर्ने मौका दिनु पर्छ भन्ने डा. बस्नेतले सजिलै महासचिब पद परियारको पोल्टामा हाल्ने छाँट देखिन्न।

महासचिब पदकि उम्मेद्वार परियारले संघले अघी सार्दै आएका दोहोरो नागरिकता, ब्यापार प्रबर्धन, खुल्ला विश्व बिद्यालयलगायतका कामहरुबाहेक काठमाडौंमा हट लाइनको ब्यबस्था गर्ने, महिला नेत्रित्वको बिकास र शसक्तिकरण, सुरक्षित आप्रबासन, नेपाली बास्तुकालाको प्रबर्धन, नेपालमा समाजसेवामा बढोत्तरी र आगामी निर्वाचनमा अनलाइन भोटिङ (मतदान) को ब्यबस्था गर्ने एजेन्डा अघी सारेकिछिन्।

परियारको उम्मेद्बारीलाई २० भन्दा बढी संघ संस्थाहरुको समर्थन

महासचिब पदकि उम्मेद्वार परियारलाई उनको होम टाउन बोस्टन शहरस्थित 'ग्रेटर बोस्टन नेपालीज कम्युनिटी' (GBNC) ले समर्थन गरेको छ। साथै, १९ वटा आदिबासी संस्थाहरु सम्मिलित 'नेपाल आदिवासी जनजाति महासंघ अमेरिका' (फिप्ना) ले पनि उनको उम्मेद्बारीलाई समर्थन गरेको छ।

उनको उमेद्वारीलाई समर्थन (इन्डोर्स) गर्ने एनआरएन अगुवाहरुको त निक्कै लामो लिस्ट बनेको छ। उम्मेद्वार परियारकाअनुसार उनले सबैका माग र आकाँक्षालाई पुरा गर्न आफूले सबैसंग हातेमालो गरेर काम गर्ने बताएकिछिन्।

डा. बस्नेत २४ घण्टामा १२ घण्टा आफूले एनआरएनकोलागि संपर्कमा रहेर काम गर्ने?

उता डा. बस्नेतले आफूले संघले अघी सरेका मागहरुलाई प्रभाबकारी ढङ्गले अधी बढाउने जनाउँदै आफू अनलाइन मै ज्यादा समय बिताउने हुनाले एक दिनको २४ घण्टामा १२ घण्टा आफूले एनआरएनकोलागि संपर्कमा रहेर काम गर्ने बताएकाछन्।

एनआरएन अमेरिकाका मिडिया को-अर्डिनेटर राम खरेलकाअनुसार संघको प्रबक्ता र मिडिया एन्ड कम्युनिकेसन टाक्स फोर्सको संयोजकसमेत रहेका डा. बस्नेतले उक्त टाक्स फोर्सको सदस्य आफूलाई दुई बर्षको अबधीमा शिर्फ एक पटक ईमेल संपर्क गरेको बताउँदै १२ घण्टा कसरी उपलब्ध होलान् भन्दै आश्चर्य ब्यक्त गरे।

तर डा. बस्नेतले जारी गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ:

"सूचना प्रविधीलाई पूर्ण रुपमा सदुपयोग गर्दै म, १ दिनमा १२ घण्टाभन्दा बढि संघका कामहरुलाई प्रत्यक्ष रुपमा रेस्पोन्स गर्न सक्ने महासचिवका रुपमा आफुलाई अघि बढाउने छुँ । अहिले मेरा अधिकांस समय कम्यु्रटर, इन्टरनेट, मेल, फेसबुक, स्काईप, आईफोन आदिको बीचमा बित्ने गरेको छ, त्यसैले गर्दा यो संवभ छ । म कुनै साथीहरुलाई पनि महासचिवसंग संवाद गर्न नपाएको कुराको आभाष नहुने तरिकाबाट काम अघि बढाउँने छु ।"

उत्तर अमेरिकाबाट क्षेत्रीय संयोजक र उपसंयोजकमा क कस्ले भिड्दै छन्?

हालसम्म उम्मेद्बारी घोषणाअनुसार एनआरएन अमेरिकाका पूर्व बरिस्ठ उपाध्यक्ष मुकेश सिंह र क्यानाडाका हालका क्षेत्रीय उपसंयोजक (Deputy Coordinator) डा. द्रोण रसाइली उत्तर अमेरिका क्षेत्रीय संयोजक (Regional Coordinator) पदमा दाबी गरेकाछन्।


North America Regional Coordinator candidate Dr. Drona Rasaili & Mukesh Singh. Photos courtesy: NRN.org.np, eEyeCam.com

उत्तर अमेरिकाको क्षेत्रिय संयोजकमा उठ्न मुकेश सिंहलाई दबाब

अमेरिका र क्यानाडाको 'अलिखित सम्झौता' (unwritten agreement) रहेको भन्दै हालको क्षेत्रिय संयोजक (RC) रहेका अमेरिकि प्रतिनिधी डा. अम्बिका अधिकारीको कार्यकालपछि क्यानाडाको पालो आएको भन्दै चर्चा चलेपनि यसपाली अमेरिकाले सहमतीको नाममा क्षेत्रिय संयोजक पदमा क्यानाडालाई नछोड्ने भएको छ।

एनआरएन अमेरिकाका प्रतिनिधीहरुको दबाबपछि अमेरिकाका मुकेश सिंहले आफ्नो एजेन्डाहरु अघी सार्दै अमेरिका र क्यानाडाका डेलिगेट्सहरुको मत माग्न शुरु गरेकाछन् भने नआरएन क्यानाडाको वार्षिक साधारण सभाबाट सर्बसम्मतरुपमा यसपालिको RC कोरुपमा उम्मेद्वार तोकिएका डा. द्रोण रसाइली चुनाव आफ्नो पक्षमा पार्न कस्सिएर लागेकाछन्।


North America Regional Coordinator candidate Mukesh Singh. Photo courtesy: Mukesh Singh

मुकेश सिंहका एजेन्डाहरु

उम्मेद्वार सिंहले झन्डै लाखको संख्यामा माओवादी जनयुद्धका बेला अमेरिका छिरेर गैर कानूनीरुपमा अमेरिकामा रहेका नेपालीहरुकोलागि अस्थाई राजनितिक शरण ('TPS' or Temporary Protection Status) दिलाउने आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। सिंह NRN क्षेत्रिय संयोजक (RC) भएको खन्डमा उक्त माग अमेरिकि सरकारसंग पुरा गराउन पहल गर्न सजिलो हुने छ।

उनले युएस नेपाल अनलाइनसंगको टेलिफोन वार्तामा आफ्नो अर्को एजेन्डामा अमेरिका र नेपाल बिचको द्विदेशीय ब्यापार सन्धी सम्बन्धी कामलाई पूर्णता दिने रहेको बताए। उनले सोकोलागि काम थालनी गरिसकेको पनि उल्लेख गरे।

सिंह अमेरिकाबाट बिजिनेश र ट्याक्सेसन तथा बिजिनेस एड्मिनिट्रेसनमा डबल मास्टर्स डिग्री गरेका सबल ब्यक्तित्व हुन्।

डा. द्रोण रसाइलीका एजेन्डाहरु

उता उम्मेद्वार डा. रसाइलीले गैर-आवासीय नेपाली संघका फ्लागशिप परियोजना खुल्ला विश्व-विद्यालय (Open University) को पहल, शिप, ज्ञान र नवीनतम खोजको आदान-प्रदान गर्ने र नेपाली उत्पादनको उत्तर अमेरिकामा प्रबर्धन गर्ने रहेको छ।

क्षेत्रिय संयोजक (RC) को निर्वाचन हरेक दुई बर्षमा विश्व सम्मेलनको बेला नेपाल गएका प्रतिनिधीहरुबिच हुने भएकोले आगामी ओक्टोबर १२ देखी १४ तारिख काठमाडौंमा हुने विश्व सम्मेलनसम्म सहमतीको बिन्दु नभेटिएला भनेर निराश भईहाल्नु पर्ने स्थिती भने छैन।

क्षेत्रीय उपसंयोजक (Regional Deputy Coordinator) पदका उमेद्वार को को हुन्?

क्षेत्रीय उपसंयोजक (DRC) पदमा एनआरएन अमेरिकाका मिडिया को-अर्डिनेटर राम खरेलले औपचारिकरुपमा उम्मेद्बारी घोषणा गरेका छन्।

अमेरिकाका कै अन्जन श्रेष्ठको नाम पनि DRC को उम्मेद्वारकारुपमा चर्चामा छ भने क्यानाडाबाट पनि उम्मेद्बारी पर्ने सम्भावनालाई नकार्न सकिदैन। अक्टोबर १२ तारिख काठमाडौंमा हुने विश्व सम्मेलनमा नपुग्दासम्म क कस्ले उम्मेद्बारी दिन्छन् यसै ठोकुवा लगाउन गाह्रो हुने अमेरिकाबाट प्रतिनिधीकोरुपमा नेपाल जान लागेका एक अगुवाले युएस नेपाल अनलाइनलाई जानकारी गराए।

अप्डेट जारी छ। युएस नेपाल अनलाइनले काठमाडौंबाट लाइभ रिपोर्टिङ गर्दैछ।

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

 

Read related news:

-For exclusive reporting on NRN Issue, go to:

-http://usnepalonline.com/nrn-issues/ Or, www.NRNToday.com

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-गैरआवासीय नेपाली संघ (NRNA) को छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्रमा के के माग गरिएको छ?

-गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन

-गैरआवासीय नेपाली संघ (NRN Europe) युरोपीयको चौथो बैठक फ्रान्सको राजधानी पेरिसमा सम्पन्न

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी

-गैरआवासीय नेपाली संघद्वारा खुल्ला विश्वविद्यालयको अवधारणा सार्वजनिक

-गैरआवसीय नेपालीहरुले नेपाल सरकारबाट विशेष सुविधायुक्त परिचयपत्र पाउन थाले

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र?महिला | NRNदलित | न्यू योर्क नेपाली+USAप्रबास | आदिवासीसाहित्य

Not enough of reading us? Visit our multi-media channels:

Tags: Untagged
0 votes

न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Monday, 03 October 2011
Dashain 0 Comments Points Earned: 154

छोङ्बा शेर्पा, केशबराम राई, डा. बिनोद शाह, सरोज श्रेष्ठ र प्रदीप थापा सम्मानित
Exclusive: 1 video, 26 photos:
न्यू योर्क- रिज्वूड नेपालीज सोसाइटीद्वारा बडा दशैं साँझ तथा दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणार्थ फण्डरेजिङ कार्यक्रम सम्पन्न गरियो । उक्त अबसरमा सोसाइटीद्वारा शेर्पा किदुग युएसए अध्यक्ष छोङ्बा शेर्पालाई 'आउट स्टान्डिङ फ्रेन्डशीप अवार्ड', समाजसेवी तथा ब्याबसायी केशबराम राईलाई 'आउट स्टान्डिङ कम्युनिटी सर्भिस अवार्ड', एसोसिएसन अफ नेपालीज तराइयन इन अमेरिका (एन्टा) अध्यक्ष डा. बिनोद शाहलाई 'आउटस्टान्डिङ लिडरशीप अवार्ड', ब्याबसायी सरोज श्रेष्ठलाई 'आउटस्टान्डिङ कम्युनिटी सर्भिस अवार्ड' र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापालाई 'आउटस्टान्डिङ प्रेसिडेन्सियल अवार्ड' द्वारा सम्मान गरिएको छ।


 

The honorees, guests and the organizers at the Dashain celebration in Ridgewood, New York on October 2, 2011. Photos: Ang Kami Sherpa (PhotoHera.com)

आईतवार बेलुकी न्यू योर्कको रिज्वूड शहरमा आयोजना गरिएको उक्त दशैं साँझ कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, मिस नेपाल युएसए २०११ बिजेता सुजिता बस्नेत र सोसाइटीका अध्यक्ष श्री पराजुलीले कदर पदक र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

United Sherpa Association USA President Chhongba Sherpa receiving Outstanding Friendship Award from Ambassador Gyanchandra Acharya on behalf of Ridgewood Nepalese Society. Photos: Ashok Panta.

Social Activist and businessman Keshabram Rai and Association of Nepalese Teraian in America (ANTA) President Dr. Binod Shah. Photos: Ashok Panta.

Pashupati Inc. Prop. Saroj Shrestha and USNepalOnline.com Editor-in-Chief Pradeep Thapa. Photos: Ashok Panta.

सम्मानितहरुको परिचय अमित शाहले गराएका थिए भने सम्मानित नेपालीहरुले मतब्य ब्यक्त गर्दै सोसाइटीद्वारा गरिएको सम्मानकोलागि आयोजकहरुलाई धन्यवाद दिदै सम्मानले समाज सेवामा लाग्न अरु प्रेरणा मिलेको बताएका थिए।

Artists performing Nepalese Anthem.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Dashain celebration in Ridgewood, New York, October 2, 2011


Kripali Gautam performing Nepali dance.


नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गर्ने चाँजोपाँजो

उक्त साँझ कार्यक्रममा आयोजकहरुले १ हजारभन्दाबेशी नेपालीहरु बसोबास गर्ने रिज्वूड शहरमा निर्माण गर्न लागेको दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवनबारे जानकारी गराएका थिए।

अमेरिका नेपाली गाउँ भनेर चिनिने रिज्वूड शहरमा झन्डै १२ सय नेपाली बसोबास रहेको छ। 

नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि खरिद गरिन लागेको जग्गा 1647 Hancock Street, Ridgewood मा रहेको छ। L ट्रेन लिएर रिज्वूडको मार्टेल र वाइकफ स्टेशनमा ओर्लिएपछि दुई ब्लक हिंडेपछि उक्त जग्गामा पुग्न सकिन्छ।

This 5000 SFT vacant land located at  1647 Hancock Street Ridgewood is being purchased by Ridgewood Nepalese Society. Photo: eEyeCam.com


उक्त जग्गा ५ हजार स्क्वायर फिट र जग्गाको मूल्य ४ लाख १९ हजार डलर पर्ने र ५० हजार डलर बैना स्वरुप जग्गा धनीलाई दिइसकिएको आयोजकहरुले जानकारी गराए।


स्मरण रहोस्, सोसाइटीले यहीं उद्देश्यकालागि गत बर्ष अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्)

यस अघी प्रस्तावित योजनाअनुसार सोसाइटीले भवन निर्माणको निम्ती १६ लाख ५० हजार डलर बराबरको बजेट र भवन तथा मन्दिरको नक्सा बाहिर ल्याएको थियो।

Ridgewood Nepalese Society president Shree Parajuli. Photo: eEyeCam.com

बडा दशैं साँझ तथा दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणार्थ फण्डरेजिङ कार्यक्रम

सोसाइटीद्वारा यो बर्ष मनाइएको दशैं कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमकासाथै दुर्गा मन्दिर एबं नेपाली साँस्कृतिक भवन निर्माणकालागि फण्डरेजिङ कार्यक्रमको आयोजना गरियो। कार्यक्रमबाट ५ हजार डलरभन्दाबेशी आर्थिक संकलन गरियो।

कार्यक्रममा कृपाली गौतम, प्रिया शाही, स्वामिनी घिमिरे, श्रीराम शाह, प्रिया कोइराला, श्रिया तुलाधर, पूजाता राजभण्डारी, निकी, त्रियुक्ता घिमिरे, धरमवीर लामा, सम्झना कार्की र सुजिता बस्नेतको न्रित्य रहेको थियो भने गायनतर्फ तिलक श्रेष्ठ, गीता बुर्लाकोटी, सुनिल बुढाथोकीको प्रस्तुती रहेको थियो।

कार्यक्रमको सन्चालन तिलक श्रेष्ठ र दीपकराज काफ्लेले गरेका थिए।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

 

Miss Nepal USA 2011 Sujita Basnet.

न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित
More photos of Dashain celebration in Ridgewood
All Pages


Read related news about Ridgewood Nepalese Society:

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न            
नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा दशैं साँझको आयोजना

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

-न्यू योर्कमा श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन सम्पन्न, ३३ हजार डलर संकलन

-न्यू योर्कमा चमत्कारिक प्रबचन कलाबाट चर्चित पंडित दीनबन्धु पोख्रेलद्वारा श्रिमद भागवत महापुराण सप्ताह सोमबारदेखी हुने

 

-न्यू योर्कको रिजवूडमा नेपाली नयाँ बर्षको रमझमसंगै नेपाली मन्दिर बनाउने १ लाख डलरको बजेट प्रस्तुत

-न्यू योर्कको रिज्वूडमा नेपाली मन्दिर बनाउन श्री भदभागवत महापुराण आयोजना गरिने

-About Ridgewood Nepalese Society

Tags: Untagged
0 votes

बोस्टनमा बडा दशैं कार्यक्रम सम्पन्न, जिबिएन्सी (GBNC) को नयाँ कार्य समिती निर्बाचित

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Monday, 03 October 2011
Dashain 0 Comments Points Earned: 243

Special: 6 photos: बोस्टन- ग्रेटर बोस्टन नेपालीज कम्युनिटी (GBNC) को आयोजनामा बडा दशैं पर्ब मनाइनुकासाथै कम्युनिटीको नयाँ कार्य समितीको घोषणा गरिएको छ। 

Newly elected executive committee of Greater Boston Nepalese Community (GBNC). Photos: eEyeCam.com

सोमबार बेलुकी आयोजित उक्त दशैं कार्यक्रममा निर्वाचन अयुक्त डा. उशा शर्माले लीलाबहादुर राउतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती सर्बसम्मतीबाट चयन गरिएको जानकारी गराइन्।

कार्य समितिका नब निर्बाचित पदाधिकारी तथा सदस्यहरु निम्नानुसार छन्- अध्यक्ष लीलाबहादुर राउत, उपाध्यक्ष मिलन गुरुङ, महासचिब राम थापा, सचिब बिष्णुमणी आचार्य, कोशाध्यक्ष देबी ओली, सह-कोशाध्यक्ष अर्जुन कुवर, मिडिया डाइरेक्टर भक्त गुरुङ छन्।

Newly elected president of GBNC, Lilabahadur Raut Photos: eEyeCam.com

त्यसैगरी, सदस्यहरुमा बिरोचन नेपाल, रविन लामा, सुनिल नेपाली, किरण खड्का, पुष्प श्रेष्ठ, जालप्रशाद घिमिरे, सुर्य लम्साल, सुदिप पोख्रेल, अनिल ओर्खाली, यम पौडेल, नबराज कोइराल, आङ दावा शेर्पा र सुरेन गुरुङ छन्।

सल्लाहकार समितीमा डा. उशा शर्मा, अच्युत अधिकारी, धनकुमार गुरुङ, काजी शेर्पा र सुन्दर गुरुङलाई मनोनित गरिएको छ भने पूर्व अध्यक्षहरुको बोर्ड अफ डाइरेक्टर समितीमा निबर्तमान अध्यक्ष ध्रुब घिमिरे र पूर्व अध्यक्षहरु सुर्य थापा, बिनोद ओली, जाङ्बु शेर्पा र प्रेम तामाङ छन्।



उद्घाटन र दशैंको रमझम

नब निर्बाचित कार्य समितीको घोषणा अघी उद्घाटन र बडा दशैंको अबसरमा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

उक्त उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लीलाबहादुर राउतले गरेका थिए भने आर्थिक प्रतिबेदन कोशाध्यक्ष बिष्णुमणी आचार्यले पेश गरेका थिए।

अध्यक्ष ध्रुब घिमिरेले संस्थाको वार्षिक गतिबिधीबारे प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए।

Outgoing president Dhruba Ghimire (2nd from left) with his wife Radhika Ghimire (3rd from left), Dr. Usha Sharma and GBNC VP Milan Gurung. Photos: eEyeCam.com

कार्यक्रमको सन्चालन महासचिब मिलन गुरुङ र तरशा उपाध्यायले गरेका थिए।

बिबिध सांस्कृतिक कार्यक्रममा ओस्मा, शिवानी, शोफिया, क्रिशा, सानीया, प्रेरणा कार्की, चरण प्रधान, ओसिन, दिपा, कृपा, सिम्रन, बिभुती कोइराला, शुश्मा, उमा, शुक्रिती खनाल, श्वेता, अल्पा, तेनिङ, अमृता र आयुशा थिए।

Dohori song being performed at Dashain program in Boston on October 3, 2011. Photos: eEyeCam.com

गायनतर्फ धनकुमार गुरुङ, तिलक श्रेष्ठ, शान्ती भण्डारी, श्याम गुरुङ, ललितशंकर योगी, महेश्वर पन्त र बाशु थापाको रहेको थियो।

कार्यक्रमको आकर्शण रहेको दोहोरी गीतमा मिन केसी, शान्ती भण्डारी, टङ्क लम्साल, श्याम गुरुङ, अच्युत अधिकारी, तिलक श्रेष्ठ, राजकपुर, प्रबिण परियार, रन्जन बुढाथोकी, सुन्दर गुरुङ आदिको प्रस्तुती रहेको थियो। संयोजन धनकुमार गुरुङले गरेका थिए।

 

--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

 

 

Read related news:

-बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न

-ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) को नयाँ कार्य समिति गठन

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र?महिला | NRNदलित | न्यू योर्क नेपाली+USAप्रबास | आदिवासीसाहित्य

Not enough of reading us? Visit our multi-media channels:

Tags: Untagged
0 votes

न्यू योर्क कला मन्चद्वारा दशैंको रमाइलो साँझ सम्पन्न, ४ नेपाली सम्मानित

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Sunday, 02 October 2011
Dashain 0 Comments Points Earned: 306

शम्भु मोक्तान, लक्ष्मी श्रेष्ठ, प्रचन्ड देब मल्ल सम्मानित
Exclusive: 1 video, 34 photos:
न्यू योर्क- नेपाली कलाकारहरुको संस्था न्यू योर्क कला मन्चद्वारा बडा दशैंको अबसरमा रमाइलो साँझको आयोजना गरिएको छ। उक्त सांगितिक साँझमा न्यू योर्कमा बिगत ८ बर्ष देखी भिडियोग्राफि गर्दै आएका मोक्तान डिजिटलका शम्भू मोक्तानलाई 'नगरकोटी एचिभ्मेन्ट अवार्ड', सुपरिचित अभिनेत्री एबं न्रित्यङ्गना लक्ष्मी श्रेष्ठलाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड', नेपालमा रहेका लेखक तथा नाट्य निर्देशक प्रचन्ड मल्ललाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड' र न्यू योर्ककि न्रित्यङ्गना रोजी शेर्पालाई 'नोबेल आर्टिस्ट अवार्ड' प्रदान गरिएको छ।

 

The honoees and artists with Chief Guest H.E. Ambassador Gyanchandra Acharya at New York Kala Manch's Dashain Ramailo Saanjh in New York on October 1, 2011. Photos: eEyeCam.com

सम्मानित र सहभागी कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान पत्र प्रदान गर्नु भएको थियो।

The Honorees: Laxmi Shrestha, Roji Sherpa and Shambhu Moktan. Photos: eEyeCam.com

शनिबार बेलुकी न्यू योर्कको कुइन्स उड्साइडस्थित ढाका क्लबमा आयोजना गरिएको उक्त दशैं र्माइलो साँझ मन्चले बिगत १२ बर्षदेखी आयोजना गर्दै आएको साँझको १२ औं वार्षिक कार्यक्रम हो।

Actress Gauri Malla performing Manju Shree dance. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Dashain 2011 celebration by New York Kala Manch, Oct 1, 2011




बिगतमा को को सम्मानित भए?

गत बर्ष मन्चले नेपालका बरिस्ठ संगितकार, गायक तथा नेपाल नाट्य तथा संगित प्रज्ञान प्रतिस्ठानका कुलपति अम्बर गुरुङ, कोलोराडो निवासी गायिका निर्मला श्रेष्ठ र न्यू योर्ककि चिरपरिचित न्रित्यङ्गना बसन्ती राइलाई मन्चद्वारा सम्मान गरेको थियो।

मन्चले यस अघी नेपालका संगितकार तथा अभिनेता प्रेमदेब गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्रा अधिकारी, शान्ती मास्के, संगितकार तथा गायक कमल छेत्री, संगितकार संगितकार स्व. न्हुछेनारायण डङ्गोल, द्वन्द निर्देशक गोपाल भुटानी, अभिनेता पवन मैनाली, अभिनेता जयचन्द सिंह ठाकुर, निर्देसक स्व. दिपक आलोक, निर्देसक भैरबबहादुर थापा, निर्देशक, गायक, अभिनेता हरीप्रशाद रिमाल, गोरखापत्र सम्पादक रामचन्द्र पौडेल, मुना डङ्गोललाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ ।

त्यसै गरी, मन्चद्वारा अमेरिकामा सम्मानित कलाकार र समाजसेवीहरुमा कलाकार ध्रुब वन्त (Baltimore), राम नगरकोटी (VA), फुलबारी क्लब (VA), Dance Theater of Nepal (Sherry Ona Handline), नारायण श्रेष्ठ (CO), गायक तथा संगितकार नरबहादुर (एनबि) दाहाल (NY), गायिका गोमा गुरुङ (NY), गायक संजोग लामा (NY), गायक सानु शेर्पा, नायक सरोज खनाल, कलाकार देबी थापा वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ, बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल, सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ, गायिका देबिका 'बन्दना' प्रधान र गायिका प्रधानका श्रीमान तथा उद्दमी महेशमान सिंह हुनुहुन्छ।

सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, कर्मा जि. शेर्पा, राम नगरकोटी र नरबहादुर दाहाल हुनुहुन्छ।

मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा सुर्यमाला शर्मा खनाल, सुनिल उप्रेती, रोशनप्रताप राना मगर, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ हुनुहुन्छ।

Actor Bikrant Basnet performing comedy act at the event. Photos: eEyeCam.com

दशैँ पर्बको रमाइलो साँझ

यसपालिको दशैँ पर्बको रमाइलो साँझमा नेपालकि बरिस्ठ नायिका गौरी मल्लको मन्जुश्री न्रित्य, लक्ष्मी श्रेष्ठ, श्याम खड्गी र गौरी मल्लको टप्पा लोक न्रित्य, लक्ष्मी श्रेष्ठको परम्परागत शास्त्रीय न्रित्य, बेलायतबाट आएका चराण प्रधानको साँगितिक अभिनय, हाँस्य कलाकार कृष्णमुरारी ढुङ्गेल, लक्ष्मी श्रेष्ठ र नायक बिक्रान्त बस्नेतको 'नेपाली दुताबास' नामक प्रहसन प्रस्तुत गरिएको थियो। न्रित्यतर्फ बसन्त डान्स सेन्टर र झन्कार डान्स सेन्टरका का कोरियोग्राफरहरु क्रमश: बिजयमान नकर्मी र धरमबीर लामाद्वारा निर्देशित कलाकारहरुद्वारा बिबिध न्रित्यहरु पस्किएका थिए। न्रित्य प्रस्तोता कलाकारहरुमा धरमवीर लामा, बसन्ती राई, रोजी शेर्पा, अनुपमा सापकोटा, प्रज्ञा सापकोटालगायतका थिए।

Laxmi Shrestha performing traditional dance. Photos: eEyeCam.com

त्यसैगरी, गायनतर्फ नरबहादुर दाहाल, अन्जना गुरुङ, सानु शेर्पा, कन्हैया सिंह, राजेन्द्र राई, पबिता बाग्चन्द परियार, गोमा गुरुङ, न्हुछे नारायण डङ्गोल, सन्जोक लामा र राम श्रेष्ठको प्रस्तुती रहेको थियो।

न्यू योर्कका कवि तथा वकिल बिनोद रोकाले कविताका रोचक टुक्राटाक्री प्रस्तुत गरेका थिए।

कार्यक्रमको सन्चालन मन्चका संस्थापक तथा नेपाली रंगमन्चका बरिस्ठ कलाकार रामराज छेत्री र रंगमन्चका बरिस्ठ कलाकार शैलेश श्रेष्ठले  गरेका थिए।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Read related news:

-न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन

-न्यू योर्क कला मन्चद्वारा सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ र गायिका प्रधान सम्मानित

-न्यू योर्कमा ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा शोक सभा सम्पन्न

-न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ

Laxmi Shrestha, Gauri Malla and Shyam Khadgi performing Tappa folk dance. Photos: eEyeCam.com

Anupama Sapkota and Pragya Sapkota. Photos: eEyeCam.com

न्यू योर्क कला मन्चद्वारा दशैंको रमाइलो साँझ सम्पन्न, ४ नेपाली सम्मानित
More photos of Dashain celebration 201
All Pages


Tags: Untagged
0 votes

न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Friday, 30 September 2011
Entertainment 0 Comments Points Earned: 222

Exclusive: 1 video, 21 photos: न्यू योर्क- मिस नेपाल युएसए २०११ को आयोजक संस्था e-Planet Inc. ले मिस नेपाल युएसए २०११ का बिजेता वासिङ्टन डिसीकि सुजिता बस्नेत र न्यू योर्कबाट प्रतियोगीहरुकोको सम्मानमा भेटघाट र सम्मान (Meet & Greet) कार्यक्रमको आयोजना गरेको छ।


 

Miss Nepal USA 2011 winner Sujita Basnet & participants from New York were being greeted in New York on September 30, 2011. Photos: eEyeCam.com

शुक्रबार बेलुकी न्यू योर्कको उड्साइडस्थित सगरमाथा रेस्टुरेन्टमा आयोजित उक्त सम्मान र रात्रीभोज कार्यक्रममा बिजेता सुजिता बस्नेतका साथै न्यू योर्कबाट प्रतियोगितामा सहभागि १० युबती सुन्दरीहरु मध्ये ६ जना टप फाइभ फाइनलिस्ट तथा मिस पर्सोनालिटी जुबी गौचन, मिस ट्यालेन्ट सम्झना कार्की, मिस बेस्ट हेयर त्रियुक्ता घिमिरे, दिब्या कार्की, लुना योङ्हाङ र राजश्री कायस्थ उपस्थित रहेका थिए । उनीहरुलाई आयोजक संस्था ई-प्लानेट इङ्कले प्रसंशा पत्र र उपहार प्रदान गरेको थियो। मुख्य अतिथी जेम्स सिमिकले उक्त प्रमाण पत्र प्रदान गरेका थिए।

The six Miss Nepal USA 201 participants and winner Sujita Basnet. Photos: eEyeCam.com

त्यसैगरी, संस्थाले कार्यक्रमका बेला सहयोग पुर्‍याउने ब्यक्तीहरु, प्रायोजकहरु र संचारकर्मीहरुलाई प्रसंशा पत्रद्वारा सम्मान गएको थियो।

Dancer Chheten Sherpa from Jhankaar Dance Center performing at the event. Photos: eEyeCam.com


हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Meet & Greet with Miss Nepal USA 2011 in New York, Sept 30 2011




कार्यक्रममा ई-प्लानेट इङ्कका अमित शाह, बिजेता सुजिता बस्नेत, उपस्थित प्रतियोगीहरु र नेपाली समाजको प्रतिनिधित्व गर्दै डा. तारा निरौला, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब दिपेश लिम्बु, रिज्वुड नेपालीज सिसाइटीका प्रेसिडेन्ट श्री पराजुली, वकिल गिरिजा गौतम, गायक यम बराल र मिस नेपाल युएसए २०११ कि हेयर स्टाइलिस्ट सबिता राना मगर लोन्जीले आ-आफ्नो मन्तब्य गरेका थिए ।

Chief Guest James Simik presenting appreciation letter to Miss Nepal USA 2011 Sujita Basnet. Photos: eEyeCam.com

उक्त कार्यक्रममा धरमवीर लामाद्वारा सन्चालित झन्कार डान्स सेन्टरद्वारा कलाकारहरुको बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कलाकारहरुमा बसन्ती राई, छेतेन शेर्पा, कृपाली गौतम, र सरिता श्रेष्ठ थिए। कार्यक्रमको सन्चालन गायक तिलक श्रेष्ठले गरेका थिए।

Basanti Rai from Jhankaar Dance Center performing at the event. Photos: eEyeCam.com

न्यू योर्कको फ्लसिङस्थित होटेल सेराटनमा गत अगस्ट २० शनिबार बेलुकी आयोजित मिस नेपाल युएसए सुन्दरी प्रतियोगितामा अमेरिकाको १० राज्यबाट चुनिएका २७ सुन्दरीहरु सहभागि रहेका थिए।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Read related news:

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

 

Miss Nepal USA 2011 Sujita Basnet. Photos: eEyeCam.com


Young Social Entrepreneur Kripali Gautam performing at the event. Photos: eEyeCam.com

Dancer Sarita Shrestha. Photos: eEyeCam.com

 

 

न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न
More photos from the Meet & Greet Dinner Gala
All Pages
Tags: Untagged
0 votes
facebook twitter youtube feed