Viewing entries from USNepalOnline

न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग दुई पेचिलो अन्तरकृया र स्वागत कार्यक्रम सम्पन्न

by USNepalOnline
USNepalOnline
www.usnepalonline.com
User is currently offline
on Friday, 23 September 2011
Politics (राजनीति) 0 Comments Points Earned: 211

बिरोध र कालो झन्डा लोकतन्त्रको कडि भएको प्रधानमन्त्रीको दाबी
"हाम्रो देश नै सबैभन्दा सुन्दरतम छ भन्ने लाग्छ। नेपाललाई भूस्वर्गमा परिबर्तन गर्नतिर लागौं। सबै मिलेर नयाँ नेपाल बनाऔं। ...शान्ती र संबिधान दिएरै छाड्छौं।"
- प्रधानमन्त्री डा. बाबुराम भट्टराई
Updated: Exclusive: 2 videos, 36 photos:
न्यू योर्क- संयुक्त राष्ट्र संघको ६६ औं महासभामा भाग लिन न्यू योर्क ६ दिनकालागि न्यू योर्क आइपुग्नु भएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले न्यू योर्कबासी नेपाली र अमेरिकि बौद्धिक बर्गसंग गम्भिर अन्तरकृया सम्पन्न गरेकाछन्। जनस्तरको कार्यक्रम गर्न नदिईएको भन्दै न्यू योर्कका काँग्रेसी बन्धुहरु र आदिबासी जनजाति अगुवाहरु मुर्मुरिएपनि प्रधानमन्त्री डा. भट्टराईको नयाँ नेपाल बनाउने मीठो प्रतिबद्दता सुनेपछि ताली ठोक्न वाध्य भएका थिए भने न्यू योर्कका राजावादीकोरुपमा चिनिने बिशाल शाहको नेत्रित्वमा ४ जना नेपालीहरुले कालो झन्डा देखाएर आफ्नो झोंक प्रस्तुत गरेका थिए।


Prime Minister Dr. Baburam Bhattarai addressing at his reception & interaction in New York on September 23, 2011. Photos: eEyeCam.com

न्यू योर्कस्थित संयुक्त राष्ट्र संघकालागि स्थाई नियोगद्वारा शुक्रबार बेलुकी अस्टोरियाको चियान फेडेरेसन हलमा डाकिएको अन्तरकृया तथा स्वागत कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले उक्त ताली खानु र गाली खेप्नु परेको हो।

New School's interaction notice board. Photos: eEyeCam.com

सित्तैमा साम्यवादको शिक्षा दिने मौका

उता न्यू योर्क शहरस्थित न्यू स्कूल विश्व बिद्यालयमा आयोजिक अन्तर्कृया "What is the relevance of Marxism in the 21st century? The Nepali experience" मा अमेरिकि बौद्धिक बर्गलाई एक्काइसौं शाताब्दीमा मार्क्सबाद (कम्युनिज्म) को आवश्यकता अझ तड्कारो भएको खरो जिकिर गर्दै माओवादी प्रधानमन्त्री डा. भट्टराईले विश्व बिद्यालयले जम्मा गरिदिएको बौद्धिक बर्गलाई सित्तैमा साम्यवादको शिक्षा दिने मौकालाई कत्तिपनि चुकाएनन्।

Prime Minister Dr. Baburam Bhattarai at New School's interaction. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त अन्तर्कृयाबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Prime Minister Dr Baburam Bhattrai in New School, New York, September 23, 2011


Prime Minister Dr. Baburam Bhattarai at New School's interaction. Photos: eEyeCam.com


न्यू स्कूलको इन्डिया चाइना इनिस्टिच्युटका बरिस्ठ निर्देशक अशोक गुरुङद्वारा सहजकर्ताको भूमिका निभाइएको उक्त गम्भिर अन्तरकृयामा न्यू स्कूलका प्रेसिडेन्ट डेभिड भान जान्डले प्रधानमन्त्री डा. भट्टराईको परिचाय गराएका थिए। न्यू स्कूलका राजनीति र सामाजिक सिद्धान्तका प्रोफेसर एन्ड्रिउ अरतो, कोलम्बिया विश्व बिद्यालयका मानबशास्त्री प्रोफेसर पर्थ चटर्जी, अर्का मानबशास्त्री तथा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कि पूर्व सल्लाहकार मेरी डेस चेन र न्यू स्कूलका एसोसिएट प्रोफेसर सञ्जय रेड्डि प्यानेलिस्टकोरुपमा भाग लिएका थिए।

Interaction & reception of Prime Minister Dr. Baburam Bhattarai in New York on September 23, 2011. Photos: eEyeCam.com

प्रधानमन्त्री र न्यू योर्कबासी नेपालीहरुबिच पेचिलो अन्तरकृया र स्वागत कार्यक्रम यस्तो रह्यो

न्यू योर्कस्थित नेपाली स्थाई नियोगद्वारा बिगतमा जस्तो नेपाली संघ संस्थाहरुले मिलेर गर्ने सार्वजनिक अन्तरकृया यसपाली समयको पावन्दी देखाउँदै गर्न नदिएर सरकारी निकाय आफैले अन्तरकृया जस्तो गम्भिर र बिबादास्पद कार्यक्रम गर्ने चाँजो मिलाएपछि न्यू योर्कमा कृयाशिल संघ संस्थाहरुका अगुवाहरु मुर्मुरिन पुगेका थिए।

बिशेष गरी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), काँग्रेसी बन्धुहरुको संगठन नेपालीज डेमोक्रेटिक नेशनल काउन्सिल र नेपाली जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरका अगुवाहरु आफूहरुलाई सरकारी निकायले माइनस गर्न खोजेको र कार्यक्रममा बोल्न नदिएर लिखित प्रश्न गर्न उर्दी जारी गरेको ईमेल नियोगबाट आएपछि आगो हुन पुगेका थिए।

Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) General Secretary Dipesh Limbu & Empower Dalit Women of Nepal (EDWON) USA founder & NRNA ICC General Secretary candidate Bishnu Maya Pariyar. Photos: eEyeCam.com

नेपाली अगुवाहरुले उक्त कार्यक्रमको कडा बिरोध गर्ने र बहिस्कार गर्ने कुरा नेपाली संचार माध्यमहरुमा सार्वजनिक भएपछि स्थाई नियोगले द्विपक्षिय अनगिन्ती टेलिफोन वार्तापछि मतब्य ब्यक्त गर्न दिने भनेर अगुवाहरुलाई पुन: बोलाएको थियो।

कार्यक्रममा बिदेशमासमेत लोकप्रिय रहेका बौद्धिक र मितब्यायीको उदाहरण बनेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कुरा सुन्न नेपालीहरु ओइरिएका थिए।

उक्त अन्तरकृया कार्यक्रममा मतब्य ब्यक्त गर्नेहरुमा जनजति महासंघ (फिप्ना) का महासचिब दिपेश लिम्बु, इम्पावोर दलित वुमन अफ नेपाल (EDWON)कि बिष्णुमाया परियार, एसोसिएशन अफ नेपालीज इन तराइयन (ANTA) का सतेन्द्र शाह, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रशाद मैनाली, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरुम (UNDF) कि न्यू योर्क च्याप्टर अध्यक्ष सीता खरेल, गैर आबासीय नेपाली संघ (NRN USA) का कोशाध्यक्ष डा. बिनोद शाह थिए।

United Sherpa Association USA president Chhongba Sherpa, Alliance for Human Rights & Democracy in Nepal (AHRDN) president Somnath Ghimire & Nepalese Democratic Youth Council USA president Pramod Sitaula. Photos: eEyeCam.com (More photos of 24 speakers and participants of the interaction in NYC)

त्यसैगरी, अन्य बक्ताहरुमा ग्याल्सोम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष डा. ध्याग्याल्पो पुनेल, नेपालीज डेमोक्रेटिक नेशनल काउन्सिलका अध्यक्ष प्रमोद सिटौला, नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरकि पूर्व उपाध्यक्ष जनेश गुरुङ, नेपाली जनसंपर्क समिती अमेरिका पूर्व अध्यक्ष आनन्द बिष्ट, सिन्धु- युएसए वेलफेयर सिसाइटीका अध्यक्ष बंशलाल तामाङ, सिमा धामी, हरिश हमाल, सुरेश न्यौपाने, राधाकृष्ण देउजा, विश्व शाह, सुरेश चाम्लिङ, वाकाशा वान्तवा राई एलायन्स फर ह्युमन राइट्स एन्ड डेमोक्रेसी इन नेपाल (AHADN) का अध्यक्ष सोमनाथ घिमिरे, युनाइटेड शेर्पा किडुक अफ अमेरिकाका अध्यक्ष छोङ्बा शेर्पा, न्यू योर्क कला मन्चका अध्यक्ष रामराज छेत्री र रुमा भट्टराई थिए।

बक्ताहरुले बर्तमान सरकारले कसरी बिगतका सरकारभन्दा जनाताको पक्षमा काम गर्न सक्ला भन्ने प्रश्न गर्नुकसाथै माओवादीले प्रजातन्त्रको मुल्य र मान्यता अनुरुप काम गर्ने प्रतिबद्दता गर्नु पर्ने माग राखेका थिए।

साथै, अन्तरकृया कार्यक्रममा जनजति महासंघ (फिप्ना) र एलायन्स फर ह्युमन राइट्स एन्ड डेमोक्रेसी इन नेपाल (AHADN) द्वारा ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त अन्तर्कृयाबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Interaction with Prime Minister Dr Baburam Bhattarai, New York, September 23, 2011




उता अन्तरकृया कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो मन्तब्य शुरु गरेको लगत्तै राजावादी बनेर चिनिने न्यू योर्क निवासी बिशाल शाहको नेत्रित्वमा आएको ४ जनाको समूहले झन्डै ५ सय नेपालीहरुले खचाखच भरिएको सभा कक्ष भित्रै कालो झन्डा देखाउने हिम्मत गर्‍यो।

उक्त समूहमा शाहका अलवा बन्दना कोइराला, कुन्ती थापा, राज तिथुङ तामाङ, कुलबहादुर तामाङ र बिनिता नकर्मी सहभागि थिए। उनिहरुको माग थियो- "माओवादिले राष्ट्रिय सम्पत्तीको ध्वस्त गर्‍यो, हामी राष्ट्रिय पोशाकको माया गर्दछौं। तिमीले हाम्रो राष्ट्रिय गौरबको अन्तय गर्न पाउँदैनौ। तिमीले हामीलाई यहाँ हान्न सक्दैनौ। हत्यारा प्रधानमन्त्री चाहिदैन" आदी इत्यादी।

Arjun P. Mainali handing over one lakh rupees check to Prime Minister Dr. Baburam Bhattarai for his PM Relief Fund. Photos: eEyeCam.com

एक लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण

उता ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रशाद मैनालीले भुकम्प पीडितहरुकोलागि प्रधानमन्त्री राहत कोशमा जम्मा हुने गरी एक लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरे।

The participants at the interaction with Prime Minister Dr. Baburam Bhattarai in New York on September 23, 2011. Photos: eEyeCam.com

गालीसंगै गड्गडायो ताली

उता प्रधानमन्त्री डा. भट्टराई भने कालो झन्डा बिरोधबाट खलबलिएको सभालाई सम्बोधन गर्दै "बिरोध गर्न पाउने सबैको अधिकार छ। आफूलाई लागेको आवाज उठाउन पाउन पाउनु पर्छ।" भन्दै त्यहिनै लोकतन्त्रको सुन्दरता हो भनेर हलमा उपस्थितहरुको ताली खान सफल भए।

नेपाललाई विश्व कै सुन्दरतम मुलुक भएको भनेर स्वयम मख्ख परेका प्रधानमन्त्री डा. भट्टराईले सबै मिलेर नयाँ निर्माण गर्नतिर लाग्नु पर्ने बताए।

एमाले र काँग्रेसलाई साथ लिएर जान आफ्नो प्रयास रहेको र उनिहरुलाई छिट्टै आफ्नो सरकारमा सामेल गर्ने दाबी गरेका उनले शान्ती र संबिधान निर्माण गरेरै छाड्ने प्रण गरे।

जातको आधारमा छुवाछुट नेपालकोलागि कलंग भएको बताएका प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री कार्यालयमा २४ घन्टे हट लाइनको ब्यबस्था गरी जनगुनासोहरुको सुनुवाई गर्ने ब्यब्स्था गर्न लागिएको जानकारी गराए।


--Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

 

Chhongba Sherpa, president of United Sherpa Association USA welcoming Prime Minister Dr. Baburam Bhattarai in New York on September 23, 2011. Photos: eEyeCam.com

More photos of 24 speakers and participants:

More photos of 24 speakers and participants of the interaction in NYC
All Pages

Read related news:

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंगको अन्तरकृया कार्यक्रममा स्थाई नियोगद्वारा बोल्न नदिईएपछि आदिबासी अगुवाहरु आगो

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग नेपाली-अमेरिकन पत्रकारहरुको जम्काभेट
"अरुसंग भीख मागेर कुनै पनि देशको बिकास हुँदैन ।... दोहोरो नागरिकता (Dual Citizenship) बारे सहमती मै टुङ्गो लगाउने प्रयास गरिने छौं।"

-न्यू योर्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, भारतीय प्रम डा. मनमोहन सिंह र अमेरिकि राष्ट्रपति बाराक ओबामाबिच बिशेष भेट हुँदै

-न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !

-Special: ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो

-प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त

-न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने

 

 

-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा

-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने

 

प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
(20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
(6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
-For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
-
बुश र प्रचन्ड दुबै प्रसन्न:
अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
Tags: Untagged
0 votes
facebook twitter youtube feed