न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ५ अमेरिकि नेपालीहरु सम्मानित
५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङ सम्मानित
Exclusive: 121 photos: 2 videos: न्यू योर्क- युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले आफ्नो चौंथो वार्षिकोत्सब न्यू योर्क निवासी ५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङको सम्मान गर्दै बिबिध साँस्कृतिक कार्यक्रमकासाथ भब्यतापूर्वक मनाएको छ।
The Honorees: Guests of Honor 2011 Narbada Chhetri (4th from R), Sapana Shree (4th from L), Karma G. Sherpa (2nd from L), Arjun P. Mainali (3rd from L) and Youth Recognition Award honoree Siddarth Tamang (3rd from R) with the Chief Guest Minister Consular Amrit Rai (2nd from R) and Guests of Honor 2010 Subarna Chhetri (1st from L) and Bishnu Maya Pariyar (1st from R) & US Nepal Media Center president Dawa Sherpa Hyolmo (center). Photo: Ang Kami Sherpa (PhotoHera.com)
कार्यक्रम विश्व मानव अधिकार दिवसको अबसर पारेर अर्थात डिसेम्बर १० तारिख शनिबार न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको थियो। सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका बिशिस्ठ अतिथी मिनिस्टर काउन्सिलर अमृत राईले परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले गरेका थिए भने धन्यवाद ज्ञापन साहित्य सम्पादक नगेन्द्र इङ्नाम 'आठराईली'ले दिएका थिए। कार्यक्रम युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो।

The guests at the 4th Anniversary celebration of USNepalOnline.com in New York on December 10, 2011. Photo: Ang Kami Sherpa (PhotoHera.com)
सन् २०११ का सम्मानित ब्यक्तित्वहरु
यसपाली 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट सम्मानित हुनेहरुमा मानवअधिकारकर्मी 'अधिकार' संस्थाकि बरिस्ठ कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री (NY), गायन क्षेत्रकि युबा हस्ती गायिका सपनाश्री (NY), नेपाली अमेरिकि आदिबासी आन्दोलनका अगुवा कर्मा ग्याल्जेन शेर्पा (NY), रक्तदान र समाजसेवामा समर्पित ब्यक्तित्व अर्जुनप्रशाद मैनाली (NY) छन् भने शिक्षा, खेलकूद र संस्क्रिती संरक्षण क्षेत्रका युबा प्रतिभा सिद्धार्थ तामाङ (NY) लाई 'युवा चिनारी पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मानित गरिएको छ।
The Honorees: Guests of Honor 2011: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photos: USNepalOnline file
Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photo: Ang Kami Sherpa (PhotoHera.com)
Guest of Honor 2011: Narbada Chhetri. Photo: Ang Kami Sherpa (PhotoHera.com)

Guest of Honor 2011: Sapana Shree. Photo: Ashok Pant (HamroPhoto.com)
Guest of Honor 2011: Arjun P. Mainali. Photo: Ang Kami Sherpa (PhotoHera.com)
Guest of Honor 2011: Karma G. Sherpa. Photo: Ang Kami Sherpa (PhotoHera.com)
बिगतमा को को सम्मानित भए ?
पोहर साल (सन् २०१० मा) 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट तीन नेपाली नारी ब्यक्तित्वहरु: नायिकाद्वय गौरी मल्ल (NY), सुबर्णा छेत्री (NY) र सामाजिक अगुवा नेत्री बिष्णुमाया परियार (MA) लाई सम्मान गरिएको थियो भने सन् २००९ मा नेपाली चलचित्र जगतकि कलाकार हाँस्य साम्राग्यी बसुन्धारा भुसाललाई सम्मान गरिएको थियो।

Our Guests of Honor 2010: Actress Gauri Malla, Actress Subarna Chhetri & Social entrepreneur Bishnu Maya Pariyar and our Guests of Honor 2009: Senior Nepalese actress Basundhara Bhusal. Photos: eEyeCam.com
युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्) र सन् २०१० मा तेश्रो (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।
Our anniversary update: http://usnepalonline.com/anniversary/
कार्यक्रमका अतिथी बक्ताहरुद्वारा सम्बोधन

Non-Resident Nepali Association (NRN USA) president Pralhad KC. Photo: Ashok Pant (HamroPhoto.com)
वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्ने अतिथी बक्ताहरुमा एनआरएन अमेरिका (NRN USA) प्रेसिडेन्ट प्रह्लाद केसी, योगा गुरु ललितशंकर योगी, स्वामी बाल गोपाल, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तथा NRN USA का शिवकुमार राई, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) का केन्द्रिय अध्यक्ष तथा एनआरएन अमेरिकाका उपाध्यक्ष मिलनकुमार राई, आइम्पावोर दलित वोमन अफ नेपाल (एड्वान) कि संस्थापक बिष्णुमाया परियार, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) केन्द्रिय महासचिब गीता खत्री, रिज्वूड नेपालीज सोसाइटीका प्रेसिडेन्ट श्री पराजुली र फिप्ना महासचिब दिपेश लिम्बु थिए।
बक्ताहरुले युएस नेपाल अनलाइनलाई चौंथो बर्ष पार गरी पाँचौ बर्षमा प्रबेश गरेकोमा बधाई दिदै आ-आफ्नो मन्तब्य राखेका थिए।
हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
This video is being uploaded.
Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) President and NRN USA General Secretary Shiva K. Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com)
नयाँ र पुराना आजीवन सदस्यहरुको स्वागत र सम्मान कार्यक्रम
अमेरिकामै एक मात्र मुनाफारहित (501 (c)3 non-for-profit) नेपाली अमेरिकन संचार (मिडिया) कोरुपमा बिगत ४ बर्षदेखी निरन्तर सामूदायीक समाचारमा बिशेष दखल र लोकप्रियता कमाएको युएस नेपाल अनलाइनलाई चीरकालसम्म जिबित राख्न आफ्नो संरक्षकत्व प्रदान गर्ने नयाँ र पुराना आजीवन सदस्यहरुको स्वागत र सम्मान गरेको छ।
सन् २०११ का नयाँ आजीवन सदस्यहरु (१६ जना):
सन् २०११ का नयाँ आजीवन सदस्यहरु (१६ जना): ग्याल्सुम्दो सेवा संस्था (पहिलो नेपाली संस्था, NY); देबेन्द्र थापा मगर (NJ); बिन्दु थापा मगर परियार (Nepal); सुबर्णा छेत्री (NY); ईन्द्रबहादुर तामाङ (NY); शारदा छेत्री (NY); नम्रता प्रधान (NY); नानी डि. भण्डारी (NY); यमुना हमाल (बिमला) श्रेष्ठ (NY); श्री पराजुली (NY); चन्द्र 'आकाश' राई (CO); लक्षिन लामा (NY); उमाकान्त अधिकारी (Nepal); कनमाया परियार (Nepal); रेणु शर्मा सापकोटा (NJ) र केशब लामा (NY) छन्।




Chandra 'Akash' Rai, Yamuna Hamal Shrestha, Lakshin Lama, Kesav Lama, Kan Maya Pariyar & Indra B. Tamang
सन् २०१० का आजीवन सदस्यहरु (११ जना):
त्यसैगरी, सन् २०१० का आजीवन सदस्यहरु (११ जना): भारती शिलवाल-गिरी (NY हाल: Delhi); डा. धाग्याल्पो पुनेल (NY); जनेश गुरुङ (NY); लबकुमार बुढामगर (NY); लेफ्टिनेन्ट (रिटायर्ड ब्रिटिश आर्मी) महेन्द्र थापा मगर (NJ); मानबहादुर राना मगर (NY); रुद्रबहादुर थापा आले मगर (NJ); रुपबहादुर परियार (Nepal); सपना केसी (NY); शान्ता (शान्तुमाया) अधिकारी घिमिरे (NY) र सलीना श्रेष्ठ (सबैभन्दा काम उमेरकि, ८ बर्ष, NY) छन्।


Bharati Silawal-Giri, Dr. Dhyagyalpo Punel, Janesh Gurung, Lab K. Budhamagar, Lt. (Rtd.) Mahendra K. Thapa Magar & Manbahadur Rana Magar

Rudrabahadur Ale Thapa Magar,Rupbahadur Pariyar, Santa Ghimire, Sapana KC; Shalina Shrestha, our youngest life member, Sharada Kshetry, Shree Parajuli & Umakant Adhikari
सन् २००९ का आजीवन सदस्यहरु (८ जना):
त्यस्तै, सन् २००९ का आजीवन सदस्यहरु (८ जना): बंशलाल तामाङ (NY); चन्द्रकुमारी (जमुना) तमु (NY); दावा शेर्पा ह्योल्मो (NY); गीता खत्री (NY); मणि बाङ्देल (NY); मणि तुलाचन (NY); पासाङ् दोर्ची शेर्पा (NY हाल: Nepal र मामलाल भुसाल (पहिलो आजीवन सदस्य, NY, हाल: Nepal) छन्।

Mam Lal Bhusal, (Our 1st life member), Banshalal Tamang; Chandrakumari (Jamuna) Tamu; Dawa Sherpa Hyolmo, Mani Bangdel; Mani Dhoj Tulachan & Pasang D. Sherpa
Our Life Membership page: http://usnepalonline.com/life-members/
बिबिध साँकृतिक कार्यक्रम

3 1/2 year-old Angelina Rana Magar Malla performing dance. Photo: Ashok Pant (HamroPhoto.com)
Actress Gauri Malla. Photo: Ang Kami Sherpa (PhotoHera.com)
Wakasha Bantawa Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com)
३ बर्शिय एन्जिला रानामगर मल्लको बाल न्रित्य र ५ बर्शिय एन्जिला राईको आफ्नो बुवा गायक राजेन्द्र राईसंगको युगल गीतले दर्शकहरुको मन छोयो भने बरिस्ठ नायिका गौरी मल्ल, वाकाशा बान्तवा राई, सेनेका प्रधान, पासाङ्ग फुटी लामा, देथेन पाल्मो लामा र छेतेन शेर्पाको मनमोहक न्रित्य प्रस्तुतीले रौनकता थपेको थियो।
बसन्त डान्स सेन्टर (कोरियोग्राफर बिजयमान नकर्मी) र झन्कार डान्स सेन्टर (कोरियोग्राफर धरमबीर लामा) कोरियोग्राफी रहेको थियो।
Singer Rajendra Rai with his 5 year-old singer daughter Angila Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com)
उता गायकहरु कन्हैया सिंह, नरबहादुर दाहाल, राजेश थापा मगर, तिलक श्रेष्ठ र गायिका पबिता बाग्चन्द परियारको मीठो स्वरमा पाहुनाहरु लठ्ठ परेका थिए।
हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
This video is being uploaded.

प्रायोजक र बिज्ञापनदाताहरुको सम्मान
यसपालीको वार्षिकोत्सबको मुख्य प्रायोजक थोमस मुनगोभन ल फर्म (Law Office of Thomas Mungoven) ले गरेको थियो भने सह-प्रायोजकहरुमा हिमालयन याक रेस्टुरेन्ट, लीला राई र ए वन ग्रोसरीका केशबराम राईको रहेको थियो। प्रायोजकहरुसंगै युएस नेपाल अनलाइनका बिज्ञापनदाताहरुलाई बिशेष सम्मान गरिएको थियो।
दिदी-बहिनीहरुको सौजन्यमा सेल रोटी र अचारको स्वाद
युएस नेपाल अनलाइनका आजीवन सदस्य दिदी-बहिनीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएको 'होममेड' सेल रोटी, अचार र अन्य परिकारहरु उपस्थित पाहुनाहरुलाई खुवाइएको थियो। खाजा प्रायोजन गीता खत्री, सपना केसी, बिष्णुमाया परियार, पुनम रानामगर मल्ल, लक्षिन लामा, शान्ता घिमिरे, जनेश गुरुङ, शारदा क्षेत्री, इन्दु राई र लीला राईले गरेका थिए।
कार्यक्रमको अन्तमा लीला राईद्वारा निर्मित भोजपुर जिल्लास्थित श्री जलेश्वेरी निमाबि बिद्यालयको भवन निर्माण सम्बन्धी ब्रित्त चित्र (३७ मिनेट) प्रस्तुत गरिने कार्यक्रम रहेपनि समयभावको कारण प्रस्तुत हुन सकेन।
Emcee Jubi Gauchan & Shailesh Shrestha. Photo: Ang Kami Sherpa (PhotoHera.com)
कार्यक्रमको सन्चालन कलाकार शैलेश श्रेष्ठ र मिस नेपाल युएसए २०११ कि मिस ट्यालेन्ट जुबी गौचनले रोचक र सफलतापूर्वक गरेका थिए।
युएस नेपाल अनलाइन (www.usnepalonline.com) विश्व भरका १ सय १० भन्दा बढी मुलुकबाट दिनहुँ हेरिन्छ। सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु गरिएको युएस नेपाल अनलाइन अहिलेसम्म १० करोड (100 million) भन्दा बेशी पटक हेरिसकिएको छ। यो समाचार साइट दिनहुँ झन्डै डेढ लाख पटक हेरिन्छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.
| Photos of Artists at 4th Anniversary |
| Photos of Guest speakers at 4th Anniversary |
| Photos of Life Members at 4th Anniversary |
| Group photos at 4th Anniversary |
| All Pages |










